सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मधुमेहका बिरामीले कुन–कुन तरकारी खान मिल्छ ? यस्ता छन् खान मिल्ने यी १० तरकारीहरु !!

मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । मधुमेहका बिरामीले खान मिल्ने यी १० तरकारी निम्न छ ः

१. करेला
करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ ।

२. भिन्डी
भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ । यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

३.पालुङ्गो
म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ ।

४.चुकन्दर
चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ ।

५. शखरखण्ड
शखरखन्ड (सुठुनी)मा एन्डिअक्सिडेन्ट पाइन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ ।

Sana Kishan

६. बन्दगोभी
बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ । यसले तौल घटाउन समेत सहयोग गर्दछ ।

७. लौका
बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

८.बैगुन
मधुमेह रोगीकालागि बैगुनको सेवन पनि लाभदायक हुन्छ । यसले ब्लड सुगरको लेभल बढ्न दिदैन । साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ ।

९. प्याज
प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ ।

१०. काउली
काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ । साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ । नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.