यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। आज मध्यान्नदेखि वर्षा शुरु भएको हो। अचानक वर्षा सुरु भएपछि मानिसहरु समस्यामा परेका हुन्। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही प्र प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। नयाँ पुस्ता बाट सभार

Total
18
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
18
Share