कक्षा १२ को परीक्षा गर्दा १५ दिन अगाडी सूचना दिइने

यहि साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । परीक्षा स्थगित गरिएपनि अब कहिले हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन ।

अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो । साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेकोमा दुःख व्यक्तसमेत गरेको छ । उपहार खबर बाट सभार

Total
8
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान…
पुरा पढ्नुहोस
Total
8
Share