सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा युवा सञ्जालले छाडा चौपायाको घाटीमा लगाए रिफ्लेक्टर

महेन्द्रनगर – वेदकोटमा युवा संजालले दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर(रातिमा चम्कीने डोरी) लगाएका छन ।

शनिबार जिल्ला ट्राफिक कार्यालय महेन्द्रनर र सुडा प्रहरी चौकीको सहकार्य एवं बेदकोट नगरपालिकाको आर्थिक सहयोग तथा युवा संञ्जाल बोदकोटको आयोजनामा बेदकोट नगरपालिका क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्गको सडकखण्ड अन्तरगत रहेका छाडा चौपायाहरुको घाटीमा रिफ्लेटर लगाईएको हो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

बेदकोट नगरपालिका स्तरीय युवा सञ्जालका अध्यक्ष पदम राज पाण्डेयका अनुसार २ सय छाडाचौपायाका घाटीमा रिफ्लेक्टर लगाईएको हो । छाडा चौपायाका कारण हुने सडक दुर्घट्ना न्यूनिकरणका लागि युवाहरु आफै जागरुग भएर लागेको अध्यक्ष पाण्डेयले बताए ।

कार्यक्रममा बेदकोट नगरपालिका मेयर असोक कुमार चन्द, जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशव दत्त भट्ट, नगरपालिका पदधीकारी र युवा सञ्जालका युवाहरुको सहभागिता रहेको थियो । नयाँ खवर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.