सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दाँतमा किरा लागेर एकदमै पिडा हुन्छ ? यसरी दुखाइ कम गर्न सकिन्छ !!

दाँतमा कसरी प्वाल पर्छ त ? यस्को खास कारण दाँतमा किरा लाग्नु नै हो । दाँत दुरुस्त भयो भने त्यसले सुस्वास्थ्यको संकेत गर्छ।

दाँतको राम्रो ध्यान दिइएन भने ती कुहिमुका साथै किरा लाग्न थाल्दछ । यस्तो अवस्थामा मुखमा अड्केका खानेकुराहरू मुखका ब्याक्टेरियाको सहायतामा एसिडमा परिणत हुन्छन्। यसले दाँतमा प्वाल बनाउँछ। प्राय हामी आज भोलि क्याभीटि भनेर बुज्छौ, यही प्वाललाई अंग्रेजीमा क्याभिटी भनिन्छ।

क्याभिटी बन्ने र त्यसलाई उपचार गर्ने साँचो हाम्रै हातमा छ। हामीले अस्वस्थ खाना पूरै छोडेमा मात्र दाँतमा प्वाल बन्न पाउँदैन । खाना खाएपछि ब्रश गर्ने, कुल्ला गर्ने गरिरहनुपर्छ। अनि लगातार दाँत दुख्यो वा झमझम भयो भने तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

तर यहाँ केही घरेलु उपाय पनि सुझाइएको छ जसले क्याभिटीबाट मुक्ति दिन्छ । हुन त दाँतका जटिल समस्याका लागि दन्तचिकित्सककहाँ नै पुग्नुपर्छ तर यहाँ बताइएका केही उपाय अपनाउँदा दाँतमा प्वाल बन्न पाउँदैन।

Dirghayu Ads

चिनीको मात्रा घटाउनुस् । चिनीमा धेरै एसिड हुन्छ र यसले प्लाक बनाउँछ जसका कारण दाँतमा प्वाल पर्छ।

Sana Kishan

नरिवलको तेलले दाँत कुल्ला गर्दा पनि धेरैथरी समस्या समाधान हुन्छन्। प्वाल पनि यही कुल्लाले ठीक गर्छ। दिनको कम्तीमा पाँच मिनेट कुल्ला गर्नुस् । अझ, खाली पेटमा कुल्ला गर्नुभयो भने झन् प्रभावकारी हुन्छ।

तातोपानीमा नून हालेर कुल्ला गर्दा पनि प्वाल टालिन्छ । प्रत्येक रात कुल्ला गर्नुभयो भने थप राम्रो परिणाम आउँछ।

भ्यानिला इसेन्समा थोरै मात्रामा अल्कोहल हुन्छ जसले प्राकृतिक रूपमा पीडा शमन गर्छ। प्वाल परेको ठाउँमा यसले दाँत लट्ठ पारिदिन्छ। एउटा कपासको डल्लोमा अलिकति भ्यानिला इसेन्स चोपेर प्रभावित क्षेत्रमा लगाउनुभयो भने पीडा हराउँछ।

ल्वाङको तेल दाँतको समस्या समाधान गर्ने सबभन्दा पुरानो औषधि हो। यसमा भएको औषधीय गुणका कारण प्वालले गर्ने झमझमलाई घटाउँछ। कपासमा तेल हालेर प्वाल बनेको ठाउँमा हाल्नुस्। तेल ननिल्नुहोला। यसो गर्दा पनि पीडा र झमझमबाट मुक्ति पाइन्छ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.