सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवनभर पेटको रोगबाट ग्रसित हुन्छन् यस्ता व्यक्तिहरु, तपाई पनि पर्नुभयो की ?

भागदौडको जीवन र शैलीबाट अचाक्ली बढेको पेट रोगबाट संसार आज चिन्तित छ । तर के तपाईं जान्नुहुन्छ ? हातको रेखाको संयोगले यसको पहिले नै इशारा गर्दछ ।

कुनैपनि व्यक्तिको हातमा मुख्य रेखासँग धैरै चिन्ह हुन्छन र यी सबैका आफ्नो आफ्नो महत्व हुन्छन् । यो चिन्हले जीवनमा असर पुर्याउँदछ र सम्बन्धित रेखाको परिणाममा पनि प्रभावित गर्दछ ।

यदि तपाईंको चन्द्र पर्वतमा नक्षत्रको चिन्ह भए तपाईं जीवनभर पेट रोगबाट दुखी हुनुहुन्छ । यदि हृदयमा गोलो द्वीपको चिन्ह हुन्छ, शनि क्षेत्रबाट तल मस्तिष्क रेखा पहेँलो हुन लागे, आयु रेखानजिक मंगल क्षेत्रमा कालो चिन्ह होस या हृदय रेखामा कालो तिल या द्वीप भए अचानक बेहोशी या हार्ट अट्याक हुने खतरा हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

यदि हात वा औँला पहेँलो हुन लागेमा वा औँलामा धब्बा जस्तै देखिन लागे, साथै बुध रेखा काटिएकोरफाटिएको भए आन्द्राको बिरामीले दुःख दिन्छ । यदि शनिको तल द्वीपको निशान देखिएमा हड्डीको बिरामी हुन सक्छ।

Dirghayu Ads

यदि शनि क्षेत्र उच्च वा रेखाबाट भरिएको भए, बुध, शनि रेखा लामो र औँलाको बिचको हिस्सा लामो भए दाँतसँग जोडिएको रोग हुन सक्छ । यदि मस्तिष्क रेखामा दाग देखिए गुद्वारसम्बन्धित रोगको चिन्ह हो।

Sana Kishan

यदि बुध रेखामा कालो निशानसँग नक्षत्र र द्वीपको चिन्ह देखिए पहेँलो हुने खतरा हुन्छ । यदी मस्तिष्क रेखामा शनि क्षेत्रको तलको भागमा डोरी जस्तो निशान देखिए फोक्सो र आवाज ध्वनीको रोगको संकेत दिन्छ।

हातको नङ उठेको भए टिबी हुने खतरा हुन्छ । औँला मोडिएको वा दविएको वा रातो भए मिर्गी रोगको लक्षण हुन सक्छ।

यदि हातमा उच्च शनि पर्वतमा धेरै रेखा हुन्छ, मस्तिष्क रेखा शनि पर्वतको तल खण्डित भए, स्वास्थ्य रेखा घिस्रिएको एवं छिन्नभिन्न हुन्छ, आयु रेखा काटिएको, खुट्टामा गठिया रोग हुन सक्छ।

चन्द्र पर्वतमा नक्षत्र चिन्ह भए र चन्द्र पर्वतको तलको भाग उच्च एवं कयौँ अन्य रेखाबाट काटिएको, साथै त्यसमा पनि नक्षत्र चिन्ह भए ठूलो भूँडी हुने रोग लाग्दछ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.