सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धर्मशास्त्रअनुसार, जीवनमा कहिल्यै अधुरो नछाड्नुहोस् यी ४ कुराहरु !!

मानिस सुखी र समृद्ध कसरी बन्छ भन्ने विषयमा नीति शास्त्रमा धेरै कुरा उल्लेख छ । यस्ता नीतिको पालना गरेमा जीवनमा सुखी बन्न सकिने र सफलता हात लाग्ने शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा जीवनमा अधुरो छोड्न नहुने ४ कुराको उल्लेख गरिएको छ ।

कुन काम छोड्नु हुँदैन अधुरो ?

शत्रुता : जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ।

World Link Ads
Mahakali Polytechnic

शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ।

Dirghayu Ads

आगो : यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्णरुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषणरुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन।

Sana Kishan

आगोलाई कतिपय सन्दर्भमा आक्रोशसँग पनि तुलना गरिएको छ । तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा निवारण गरेर मात्र छोड्नु पर्छ अधकल्चो छोड्नु हुँदैन।

रोग : कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु पर्छ । कुनै पनि रोगलाई सामान्य भनेर उपचार नगरी अधकल्चो छोड्दा त्यसले अर्को भयकंर रोगलाई निम्त्याउन सक्छ।

सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ।

ऋण वा उधारो : कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दा सम्म त्यसले अनेक झन्झट दिने हुन्छ।

उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ । यसले आफूलाई मात्र होइन पुस्ता र सन्ततीलाई समेत पोल्न सक्छ । तसर्थ जीवनमा कहिल्यै पनि उधारो वा ऋणलाई अधकल्चो पार्नु हुँदैन यसलाई पूरै क्लियर पार्नु राम्रो हुन्छ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.