
कञ्चनपुर – संजीवनी मल्टिस्पेशालिटी क्लिनिक द्वारा १ दिने निशुल्क मुटु जाँच शिबिर सम्पन्न गरिएको छ ।
श्रावण २२ गते शुक्रबारका दिन गरिएको उक्त शिबिरमा एक सय चार जना बिरामीहरुले निशुल्क जाँच गरेर सेवा लिएका छन्।

सिफारिस


उक्त शिबिरमा मुटु को इको, इ. सि . जि, मुटु को रगत जाँच ( कोलेस्ट्रोल र ट्राइग्लिसाराइड) साथै मुटु सम्बन्धि औषधि र निशुल्क डाइट चार्ट र डाइट सम्बन्धि निशुल्क परामर्श लगायत आकस्मिक अवस्थामा अचानक बेहोस भयेमा घरमा गर्न सक्ने प्राथमिक उपचार (CPR ) को डेमोसट्रेसन सहित बिरामीहरु लाई कोरोनाको बारेमा समेत सन्देश मुलक जानकारी गराउदै मुटु जाँच शिबिर सम्पन्न गरिएको क्लिनिकका सञ्चालक दिपक बिस्टले सुदुरपश्चिम खबरलाई जानकारी दिएका छन्।

साथै क्लिनिकले आउने दिन हरुमा निशुल्क शिबिरहरु गर्दै आउने तथा अब लगत्तै थाइराइड जाँच शिबिर, पेट सम्बन्धी जाँच शिबिर, महिला तथा प्रसुती लगायतका शिबिरहरु गर्ने क्लिनिकका सञ्चालक बिस्टले जानकारी दिए ।



