सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी राशिका व्यक्तिमा हुन्छ गज्जबको नेतृत्व कला, तपाईको राशि कुन ?

ज्योतिष शास्त्रका अनुसार नामको आधारमा राशि चक्रमा १२ राशि हुन्छन्। तर यी मध्ये केही राशिका मानिस यस्ता हुन्छन् जो भीडमा पनि आफ्नो एक अलग पहिचान बनाउने क्षमता राख्छन्।

यस्ता मानिसले आफ्नो जीवनमा सफलता हासिल गर्छन्। यदि यी राशिका मानिसले आफूभित्र रहेका प्रतिभालाई पहिचान गर्न सकेमा यिनीहरुलाई कसैले पनि पछाडी पार्न सक्दैनन्। यिनीहरु एक राम्रो नेतृत्वकर्ता साबित हुन्छन्।

मेष राशि

World Link Ads
Mahakali Polytechnic

मेष राशिको स्वामी मङ्गल ग्रह हो। आफ्नो राशिमा मङ्गलको पूरा कृपा दृष्टि रहन्छ, जसकारण यी राशिका जातक साहसी, निडर र जोशिला हुन्छन्। यिनीहरु कुनै पनि काम गर्दा जस्तोसुकै जोखिम मोल्न पनि तम्तयार हुन्छन।

जसको कारण उनीहरु एक राम्रो नेतृत्वकर्ता साबित हुन्छन्। यिनीहरु उर्जाले भरपूर हुन्छन्। जुन काम आफ्नो हातमा लिन्छन् त्यसलाई पूरा गरेपछि मात्र चैनको सास फेर्छन्। यही कुराले यिनीहरुलाई अरुभन्दा अलग र सफल बनाउँछ।

सिंह राशि

Sana Kishan

यस राशिको स्वामी सूर्यदेव हुन्। यिनको प्रभावको कारण यस राशिका जातक तेजपूर्ण हुन्छन्। नाम जस्तै यस राशिका मानिसका स्वभाव एक राजाको जस्तै हुन्छ।

यस राशिको स्वामी सूर्य भएको कारण यिनीहरुले समाजमा भरपूर मान–सम्मान र सम्पन्नता प्राप्त गर्छन्। यिनीहरु अरुलाई सही तरिकाले सम्झाउनमा निपुण हुन्छन्, जसको कारण एक सफल नेतृत्वकर्ता हुन्छन्।

वृश्चिक राशि

वृश्चिक राशिको जातकमा पनि मेष राशि जस्तै मङ्गलको प्रभाव हुन्छ। यिनीहरु आफ्नो काममा कुनै दोस्रो व्यक्तिको हस्तक्षेप मन पराउँदैनन्।

हरेक परिस्थितिमा सही र जोखिमपूर्ण निर्णय लिन सक्षम हुन्छन्। मेष राशिका जातक जस्तै यस राशिका मानिस पनि उर्जावान र साहसी हुन्छन्। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.