सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन अवस्थामा आवश्यक हुन्छ दाँतमा तार ? जान्नुहोस् यस्ता छन् केही कारणहरु !!

सामान्यभन्दा फरक (बाङ्गो) खालको दाँतलाई सही बनाउने उपकरणलाई टिथ ब्रेसेस भन्ने गरिन्छ । यसलाई दाँतमा तार लगाउने प्रक्रिया पनि भन्ने गरिन्छ । भद्रगोल रूपमा रहेको दाँतलाई टिथ ब्रेसेसले एउटै पङ्क्तिमा ल्याएर सिधागर्ने गर्छ।

यसले भोजन चपाउने प्रक्रिया र दाँतको स्वास्थ्यमा समेत सुधार आउने गर्छ । ब्रेसेस दाँतको बीचको खाली ठाउँ भर्न समेत उपयोगी हुन्छ ।

टिथ ब्रेसेसको उपयोग प्रायः त्यतिबेला गर्ने गरिन्छ जब तल्लो या माथिल्लो बंगाराको दाँत केही बाहिर निस्किएको हुन्छ । दाँत सही पङ्क्तिमा नहुनु या अघिपछि भएको अवस्थामा ब्रेसेसको आवश्यकता पर्छ । दुवै बंगाराको बीचको दाँत आपसमा मिल्दैनन् या दाँत अधिक भित्र या बाहिर भयो भने ब्रेसेसको आवश्यकता पर्ने गर्छ ।

World Link Ads
Mahakali Polytechnic

दाँत सिधा बनाउने प्रक्रिया वा टिथ ब्र्रेसेस के हो रुस् टिथ ब्रेसेसमा तारवाला उपकरण हुन्छ । जसको उपयोग चलाउन अभ्यस्त भइसकेको अर्थोडेन्टिस्टले अस्तव्यस्त वा बाङ्गो दाँतलाई मिलाउन प्रयोग गर्ने गर्छन् । सानै उमेरमा दाँत बिग्रिएका मान्छेले किशोरावस्थामा नै यसलाई सिधा बनाउनु ठीक मानिन्छ ।

यद्यपि वयस्क उमेरमा पनि यसलाई सिधा बनाउनु गलत भने हुँदैन । दाँतमा तार लगाएर त्यसलाई मिलाउनुको अर्थ एकातिर केही दिनमा दाँतको व्यवस्थापन भएर सामान्य अवस्था बनोस् भन्ने हो भने अर्को खाएको कुरा राम्रोसँग चपाउन सकियोस् भन्ने हो।

दाँतको सामान्य सुधारको लागि एक अर्को विकल्प पनि छ । यसमा अलग प्रकारको उपकरणको समेत प्रयोग गर्न सकिन्छ । जसलाई अलाइनर या इनभिजिबल ब्रेसेस भन्ने गरिन्छ । यो उपकरण अनुसार हामीले यसलाई आवश्यक परेको बेलामा दाँतबाट हटाउन पनि सक्छौं । किनकि साधारण ब्रेसेसको जस्तो यो तारबाट बाँधिएको हुँदैन ।

यो पारदर्शी पनि हुन्छ यसकारण वयस्क मान्छेका लागि यो बढी स्वीकार्य छ । क्लियर अलाइनरबाट दाँतलाई सही दिशामा ल्याउन धेरै समय लाग्न सक्छ । तर पनि यसको नियमित उपयोग गर्दा अधिक प्रभावशाली हुने गर्छ । कैयौं मान्छे दाँतको समस्याबाट गुज्रिएका हुन सक्छन् । त्यसको लागि भने फिक्स ब्रेसेस नै उपयुक्त हुन्छ ।

टिथ ब्रेसेसको प्रकारः मेटल ब्रेसेस या पारम्परिक ब्रेसेस

यो मेटलको त्यो ब्रेसेस वा तार हो । जसको नाम लिनेबित्तिकै फोटो धेरैको दिमागमा आउन सक्छ । आधुनिक ब्रेसेसको आकारमा सानो र बाहिरका मान्छेले कम ध्यान दिने खालको हुन्छ । साथमा शरीरको गर्मीको उपयोग गरेर दाँतलाई छिटै नै सही गरिदिने खालको ब्रेसेस पनि पाउने गरिन्छ । यो प्रकारको ब्रेसेसमा अरुको तुलनामा कम दुखाइ हुने गर्छ ।

सिरेमिक ब्रेसेस

सिरेमिक ब्रेसेस आकार र आकृतिमा मेटल ब्रेसेस जस्तो हुने गर्छ । तर यसको रंग दाँतको रंगसँग मिल्ने या पारदर्शी खालको हुन्छ । केही मान्छे त दाँतको रंगको तार समेत प्रयोग गर्ने गर्छन् जसबाट बाहिर कम देखिने गर्छ ।

Sana Kishan

लिंगुअल ब्रेसेसः

यो पारम्परिक मेटल ब्रेसेसको जस्तै हुन्छ । यसमा फरक यति हुन्छ कि यसमा ब्रेसेस वा तार दाँतको भित्रतर्फ लगाउने गरिन्छ ।

इनविसलाइनस् इनविसलाईन १८ देखि ३० प्रकारको विशेष गुणयुक्त हुने गर्छ । यसमा क्लियर प्लास्टिक अलाइनर्सको जस्तो मुखको सुरक्षा हुने खालको हुन्छ । यसलाई आवश्यक परेको खण्डमा निकाल्न सकिन्छ । साथै, हरेक दुई हप्तामा बदल्न पनि सकिन्छ ।

कसरी राख्ने दाँतमा जाली ? दाँतमा जाली राख्नुपूर्व दाँत र गालालाई छुट्टाएर राख्ने उपकरण प्रयोग गरिन्छ । ताकि राम्रोसँग दाँतलाई देख्न सकियोस् । यो प्रक्रियामा दाँतलाई सुख्खा राख्नुपर्छ । त्यसैले दाँतलाई पालिस गरेर हावाले सुकाउने गरिन्छ ।

दाँतको नजिकै सतहमा ३० सेकेण्डसम्म कण्डिसनरको उपयोग गर्न सकिन्छ । ताकि उनलाई ब्रिकेटमा जोड्नको लागि तयार गर्न सकियोस् । यसलाई सफा गरेर दाँतलाई फेरि सुख्खा बनाउने गरिन्छ । ब्रेकेट लगाउने र त्यसमा तार लगाउने प्रक्रियाको लागि १० मिनेटदेखि २० मिनेटसम्म लाग्ने गर्छ । यसबाट करिब ४ देखि ६ घण्टासम्म दुखाइको महसुस हुन सक्छ । यसको लागि चिकित्सकले नदुख्ने औषधि दिन सक्छन् ।

दाँतमा तार लगाउनुको लाभः दाँतमा तार लगाउँदा निम्नलिखित फाइदा हुन सक्छ ।

ब्रेसेस लगाउनुको सबैभन्दा ठूलो फाइदा भनेकै यसले हाम्रो दाँतलाई सिधा बनाउँछ । बाङ्गो दाँत आफैँमा स्वास्थ्यको लागि समेत समस्यादायक हुन्छ । त्यसैले त्यसको उपचारको लागि यो उपयोगी हुन्छ ।

यसले मानसिक रूपमा समेत सहज महसुस गराउँछ। ब्रेसेसले भविष्यमा बाँगो दाँतका कारण हुने समस्या आदिबाट समेत बचाउने गर्छ ।

दाँतमा तार लगाउँदाको बेफाइदास् दाँतमा तार लगाउनु आम हिसाबले एक सुरक्षित प्रक्रिया हो । तर केही जोखिम पनि यसमा हुन सक्छ । जुन निम्नलिखित छ।

ब्रेसेस दाँतको माथि सानो खाल्डो जस्तो बनाउँछ। त्यसमा खाना जम्मा हुने सम्भावना हुन्छ । यदि त्यसलाई समयमा सफा नगर्ने हो भने दाँतमाथिको सतहमा मिनरल्स जम्मा हुन्छ।

जब दाँत आफ्नो ठाउँबाट निस्किन्छ भने दाँत कमजोर हुने गर्छ । अधिकांश समय यसले समस्या सिर्जना गर्नसक्छ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.