बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही हुन्छ : राज्यमन्त्री उमेश श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’ सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउने उनको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कारबाही गर्न छुट्टै अनुगमन इकाई बनाउने पनि जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थाहरुमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सुझाव दिए । अनलाइनखबर बाट सभार

Total
13
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
13
Share