बीपी प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउने सम्झौता ठीक होइन : पूर्वमन्त्री गिरिराजमणि पोखरेल

पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् । जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने उनको धारणा छ ।

शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा पूर्वमन्त्री पोखरेलले भने, ‘सम्झौता गर्दा सबै पदाधिकारी हटाउने भन्ने उद्देश्यबाट आएको छ, त्यो ठीक कुरा छैन । कोको दोषी हो, त्योत्यो दोषी किटान गर्नुपर्छ त्यसभित्र पनि ।’

उनले भने, ‘सबै बदल्नुपर्छ भन्ने अर्को उद्देश्यद्वारा प्रेरित छ । एउटा क्रियाको अर्को प्रतिक्रियातर्फ लग्यो भने त्यो संस्था बन्दैन । एकपटक रिभ्यू गर्नुपर्छ त्यो संस्थालाई हेर्दा चाहिं ।’

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो ।

पूर्वमन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिको सन्दर्भमा उत्पन्न समस्यालाई तत्कालै समाधान गर्न र अरुकोबारेमा ठोस अध्ययन गर्न सुझाव दिए ।

उपकुलपतिलाई असीमित अधिकारहरु दिइएको भन्दै उनले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए । ‘भिसीलाई यति धेरै अवशिष्ट अधिकारीहरु दिइएको छ, रेक्टरको पनि रेक्टरको रोल छैन त्यसभित्र, अरुको पनि छैन,’ उनले भने । अनलाइनखबर बाट सभार

Total
22
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
22
Share