ब्रह्माण्डको सबैभन्दा अद्भुत रचना मानव शरीर हो र यसभन्दा पनि अझ अनौठो यस बारे शास्त्रमा उल्लेख गरिएको जानकारीहरु छन्।
सायद तपाईलाई थाहा नै होला कि हाम्रो धर्मशास्त्र, पुराण र वेदले मानव जीवनको सम्भव–असम्भव हरेक पक्षमा आफ्नो पहुँच बनाएको छ । जसको माध्यमबाट भविष्यको विविध रहस्यहरु बारे बुझ्न सकिन्छ।
सामुन्द्रिक शास्त्रमा मनुष्यको हाउ–भाउ, अनुहार र शारीरिक बनावटको आधारमा विविध पक्षहरुमा विस्तृत चर्चा गरिएको छ। यस अनुसार स्त्रीको पाउले उनको पतिको भविष्य बारे धेरै कुराहरु बताउने गर्छ।

हरेको स्त्रीको खुट्टामा केही विशेष खालको निशान हुन्छ, जसले उसको पतिको उज्ज्वल भविष्यको संकेत दिन्छ। यस बाहेक खुट्टाको आकारले पनि सम्बन्धित स्त्रीको दाम्पत्य जीवन कस्तो हुन्छ भन्ने जानकारी दिन्छ।
यसै पनि पुराण अनुसार पति – पत्नीलाई एक–अर्काको पूरक मानिने गरिन्छ । यसै तथ्यको आधारमा स्त्री होस् या पुरुष, उनीहरुको शरीरमा रहेको केही यस्तो निशान उनको जीवनसाथीसँग सम्बन्धित हुने मान्यता छ।
धर्मशास्त्रको अनुसार यदि कुनै स्त्रीको खुट्टाको पैतालामा चक्र, ध्वज या स्वस्तिकको निशाना छ भने त्यस्तो स्त्रीसँग विवाह गर्ने पुरुषले राज सुख प्राप्त गर्दछ। त्यस्तो पुरुषले आफ्नो जीवन राजाको तरह व्यतीत गर्दछ र आफ्नो पत्नीलाई पनि रानीको सम्मान दिन्छ।
जुन स्त्रीको खुट्टाको तलको हिस्सामा कुनै रेखा जस्तो खुट्टाको औंला तिर गईरहेको छ भने त्यस्तो स्त्री पतिको लागि शुभ मानिन्छ। यस्ता स्त्रीहरु पति प्रति पूर्णतः समर्पित हुन्छन। उनीहरुले जीवनमा खुशी प्राप्त गर्छन।

स्त्रीको पाउको दोस्रो औँला, जसलाई चोरी औँला भनिन्छ, अन्य बाँकी औंलाको तुलनामा ठुलो भने यस्ता स्त्रीहरू आफ्नो पतिसँग काँधमा काँध मिलाई साथ जुनी सँगै रहने–हिड्ने बाचा गर्छन। तर विपरित विचारको कारण आपसी सामन्जस्यता ल्याउन अधिक प्रयास गर्नु पर्ने हुन्छ।
स्त्रीको हिड्ने समयमा खुट्टाको कान्छी र साइली औँलाले जमिन स्पर्श गर्दैन भने त्यसले त्यस्तो स्त्री चाँडै कम उमेरमा विधवा हुने संकेत गर्छ।
स्त्रीको खुट्टाको पैतालामा कमल या छाताको निशान छ भने त्यस्ता स्त्रीहरुको पतिले राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्छन र उनले समाजमा मान–सम्मान प्राप्त गर्नुको साथै सधैँ प्रसिद्धिले साथ दिन्छ।
साइली औंलाको लम्बाई बुढी औंला र चोरी औंलाको तुलनामा अधिक लामो छ भने यसले स्त्री आफ्नो पतिको लागि सदैव चिन्ताको कारण बन्ने इसारा गर्छ।
स्त्रीको खुट्टाको माझी औंला र साइली औंलाको लम्बाई लगभग समान छ भने यस्ता स्त्रीको पति सधैँ आर्थिक अभावमा पर्छन। यस्ता स्त्रीको आफ्नो माइती पट्टीसँग सम्बन्ध सुमधुर भए पनि पति र परिवारसँगको सम्बन्ध राम्रो हुदैन।
कुनै स्त्रीको खुट्टाको कुर्कुचा गोलो, कोमल र आकर्षक छ भने यस्ता स्त्रीहरुले आरामदायी जीवनशैली प्राप्त गर्छन। तर यसको विपरित कुर्कुचा मोटो र कडा छ भने उनीहरुको जीवन संघर्षशील हुने गर्छ।
यदि खुट्टाको पैतालामा बनेको रेखाहरु एकदम स्पष्ट र काटिएका छैनन् भने यसले व्यक्तिको जीवन बिना कुनै सङ्घर्ष र व्यवधानको साथ चल्ने सङ्केत गर्छ। नयाँ पुस्ता बाट सभार
