सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो।

स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्।
सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ। १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै ७ सय १३ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

Sana Kishan

मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ। जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ। ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.