सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेर्नुहोस् दैनिक राशिफल !! आज शुक्रबार चम्किदैछ यी ७ राशिको भाग्य, तपाईको कुन ?

172
Sana Kishan

आज मिति २०७८ साल साउन २२ गते शुक्रबार, तदअनुसार सन् २०२१ अगस्ट ६ तारिख । श्रावण कृष्णपक्ष त्रयोदशी तिथि। आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

वृष
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

Arus

मिथुन
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

कर्कट
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला । छोटो यात्रा पनि हुन सक्छ।

सिंह
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

कन्या
शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ।

तुला
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

Karnali Traders

वृश्चिक
आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला।

धनु
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

मकर
आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ।

कुम्भ
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।

मीन

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । छोटो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.