कसरी पेटलाई स्वस्थ र बलियो राख्ने ?

हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ?

पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहाँ दाँतले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले यसलाई टुक्र्याउन सुरु गर्छ । पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ । त्य त्यसपछि आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ ।

सपश्चात यी पौष्टिक तत्व तपाईंको रगतमा समाहित हुन्छन् र शरीरका विभिन्न भागमा पुग्छन् ।

त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । र, यसका उपयोगी पदार्थहरु शरीरले ग्रहण गर्छ । बाँकी भोजन त्यागका लागि ठूलो आन्द्राबाट बाहिर निकालिन्छ । यति जटिल पाचनतन्त्रलाई स्वस्थ राख्नु हाम्रो जिम्मेवारी हो । तर कसरी ?

सही तरिकाले खाने

सँधै समयमा खाना खानुपर्छ । खाना बिस्तारै खानुपर्छ । बढिभन्दा बढि चबाएर मात्र निल्नुपर्छ । तपाईं अक्सर पेटको गडबडी वा अपचबाट पिडित हो भने खाना खाने समयलाई अलि अगाडि सार्नुपर्छ । सुत्नुभन्दा ३ देखि ४ घन्टा अगाडि खाना खाइसक्नुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर तपाईंको पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र तपाईंको निस्काशन सही हुन्छ, जो आफ्नो आन्द्रामार्फत सजिलै बाहिर निस्किन्छ । खानामा फाइबर कम हुँदा कब्जियत, इर्रिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित कयौं विकार उत्पन्न हुन सक्छन् ।

पानी प्रशस्त

महिलाहरुले प्रत्येक दिन २.१ लीटर तरल पदार्थ तथा पुरुषले २.६ लिटर पानी पिउनु आवश्यक हुन्छ । गर्मी मौसम वा शारीरिक परिश्रम गरेर पसिना बाहिर निस्किएको छ भने झन् बढि परिमाणमा पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

अमिलो फलको सेवन

आफ्नो पाचनमा सुधार ल्याउने विषयमा सोच्दा तपाईंको दिमागमा अमिलो फल पक्कै आउँदैन । तर, निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक र उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले तपाईंको पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ । यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि निम्तो दिन सक्छ ।

वोसोयुक्त भोजन परहेज

बढि बोसोयुक्त भोजन पच्न लामो समय लाग्छ, जसको कारणले पेटको बोझ बढ्न जान्छ र उच्च बोसोयुक्त खाद्य पदार्थको बदला माछा र लीन मिट जस्ता बोसो कम भएका खानेकुरा खानु उपयुक्त हुन्छ । अनलाइनखबर बाट सभार

Total
4
Shares
Related Posts

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले ।…
पुरा पढ्नुहोस

अचानक मुटुको धड्कन किन बढ्छ ?

सामान्य अवस्थामा मुटुको चाल थाहा हुँदैन । शारीरिक भार पर्ने काम गर्दा, दौडदा, छिटो छिटो हिँड्दा भने मुटुको…
पुरा पढ्नुहोस
Total
4
Share