
अहिलेको समयमा जो कोहीलाई धन कमाउने चाहना हुन्छ । जसले आफ्ना लागि सुख सुविधाका हरेक सामान खरिद गर्न सकुन्।
पैसा कमाउनका लागि मानिसले हर कोही उपाय अपनाउने गर्छन्। तर कहिले काही जति मेहनत गर्दा पनि पैसा कमाउन सकिदैन्। आज हामी तपाईलाई वास्तुका केही उपायका बारेमा जानकारी दिदैछौँ । जसका कारण तपाईको घरमा पैसाको आगमन दोब्बर हुने गर्छ।

यो उपाय तपाईले धन राख्ने भाँडो वा धनका साथ अपनाउनु पर्ने हुन्छ। यो एक उपाय अपनाउँदा तपाईको घरमा कहिलै पैसाको कमी नहुने शास्त्रमा उल्लेख छ।
आउनुहोस् जानौँ के हो त्यो उपाय ?

१) पूजाको सुपारी पूर्व एवम् अखण्डित हुने गर्छ। जसका कारण यसलाई पूजाको समयमा गौरी–गणेशको रुप मानिने गरिन्छ र यसमाथि जनै चढाइने गरिन्छ। पूजाको यो सुपारीलाई तपाईले धन राख्ने स्थान वा भाँडोमा राख्नुभयो भने कहिलै घरमा पैसाको कमी हुँदैन्। पानी जसरी पैसा वर्षिने शास्त्रमा उल्लेख गरिएको छ।
२) यस बाहेक लक्ष्मी माताको पूरा गर्ने समय सुपारी चढाउनुहोस् र यो चढाएको सुपारीमा रातो धागो बेरेर अक्षता, सिन्दुर र पुष्पले पूरा गर्नुहोस्। त्यसपछि यसलाई आफ्नो धन राख्ने भाँडोमा लगेर राख्नुहोस्। यसो गर्दा पनि तपाईको घरमा धनको आगमन बढ्ने गर्छ र पैसाको कमी हटेर जान्छ ।
३) शुक्रबार पहेँलो कपडामा ५ कौडी, थोरै केसर र चाँदीको सिक्कालाई बाँधेर आफ्नो दराज वा पैसा राख्ने स्थानमा लगेर राख्नुहोस्। यस बाहेक तपाई यसमा थोरै काँचो बेसारको टुक्रो पनि राख्न सक्नुहुनेछ । यसो गर्दा पनि आर्थिक संकट हटेर जानुको साथसाथ धन वृद्धि हुने गर्छ।
४) एक पिपलको पातमा शुद्ध घ्यू र सिन्दुरको मिश्रणले ओम लेख्नुहोस्। र त्यो पातलाई आफ्नो दराज वा धन राख्ने स्थानमा लगेर राख्नुहोस्। यो उपाय तपाईले ५ शनिबारसम्म अपनाउन सक्नुहुनेछ। यसो गर्दा पनि तपाईको घरको आर्थिक संकट हटेर जान्छ र दोब्बरले धन वृद्धि हुने गर्छ। नयाँ पुस्ता बाट सभार
