सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भन्सारलाई अर्थमन्त्रीले सोधे : रेमिट्यान्स पठाउनेलाई एयरपोर्ट र नाकामा सास्ती किन ?

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले भने, ‘जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती किन दिने ?’

उनले अघि भने ,’वैदेशिक रोजगारीबाट फर्किने नेपालीले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिँदैन ?’

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले विश्व व्यापार संगठनमा आवद्ध भएयता नेपालको निर्यात घटिरहेको र आयात बढिरहेको टिप्पणी गरे । त्यसयता नेपालमै उत्पादन हुने कृषिजन्य वस्तुहरुको समेत आयात हुने गरेको अवस्थाले व्यापार घाटा बढेको सचिव मरासिनीको भनाइ छ ।

Dirghayu Ads
Sana Kishan

कार्यक्रममा राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र सदस्य निर्मलहरि अधिकारीले जिडिपिमा २५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र राजश्वको दायरामा आउन नसकेको, ४० प्रतिशत कारोबार अनौपचारिक क्षेत्रमै सीमित हुने गरेको, साढे चार लाखभन्दा बढी कम्पनीहरुले विना दर्ता कारोबार संचालन गरिरहेको तथ्याङ्क प्रस्तुत गरे ।

यस्तै ४८ अर्ब राजश्व बक्यौता रहेको, ५८ अर्ब करका मुद्दा अदालतमा विचाराधीन रहेको, १२ अर्ब मुल्य अभिवृद्धि कर वक्यौता रहेको र ५५ अर्ब राजश्व बेरुजु रहेको जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक यामलाल भुसाल र उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले २७ वटा भन्सार कार्यालय दक्षिणी सीमा र ९ वटा भन्सार कार्यालयहरु उत्तरी सीमा क्षेत्रमा रहेको भएपनि भन्सारको ९६ प्रतिशत हिस्सा आठ वटा भन्सार कार्यालयको मात्र रहेको जानकारी दिए ।

सबैभन्दा बढी वीरगञ्ज भन्सार कार्यालयबाट ३५ प्रतिशत, भैरहवाबाट २५ प्रतिशत, सुख्खा भन्सारबाट १० प्रतिशत, विराटनगर भन्सारबाट ९ प्रतिशत, कैलालीबाट २ प्रतिशत र कृष्णनगर भन्सार कार्यालयबाट १ प्रतिशत भन्सार राजसव संकलन गरेको छ । देशको कुल राजश्वको ४५ प्रतिशत हिस्सा भन्सारको रहेको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.