सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाधिवेशन प्रक्रिया रोक्न माधव कुमार नेपाल पक्षको माग

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन् ।

यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ ।

बिहीबार सुरु भएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो । वरिष्ठ नेता नेपालले पनि आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । जुन बैठकमा नेपाल समूह उपस्थित थिएन ।

Dirghayu Ads

नेपाल पक्षको बिहीबारको बैठकले भने ओली पक्षको निर्देशन रोक्नुपर्ने माग गरेको हो । वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ । नेपाल पक्षका नेताहरुले अधिवेशन प्रक्रिया रोक्न कार्यदलका ओली पक्षीय नेताहरुसँग आग्रह गरेका छन् । अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.