सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनेक रोगको कारण बन्नसक्छ कब्जियत, कसरी छुटकारा पाउने ?

खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ । उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन ।

जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा गर्ने भय रहन्छ । खासगरी पेट एवं पाचन सम्बन्धी रोग, मलद्वार सम्बन्धी रोग निम्त्याउँछ । मलत्याग नहुँदा शरीरमा क्रमस विकार जम्मा हुँदै जान्छ र त्यसले शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।
त्यसैले शरीरका लागि पोषणयुक्त खानेकुरा खान जति जरुरी छ, उत्तिनै मलत्याग पनि । तर, अहिले धेरैजना कब्जियतको समस्याले ग्रस्त छन् । किन यस्तो हुन्छ ?
चिकित्सकहरुका अनुसार निस्क्रिय जीवनशैली, तारेको–भुटेको वा प्रशोधित खानेकुराको सेवन, अनियमित शौच–क्रिया आदि यसका कारण हुन् ।
स्पष्ट छ, कब्जियतबाट बच्न सही खानपान जरुरी हुन्छ । यसैगरी ऐशआरमको जीवन होइन, सक्रिय जीवन जरुरी हुन्छ । पर्याप्त झोल पदार्थ एवं पानी जरुरी हुन्छ । सधै एकै समय अर्थात नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ ।

किन हुन्छ कब्जियत ?

World Link Ads
Mahakali Polytechnic

– खाने तालिका नियमित नहुनु ।
– बासी खानेकुरा सेवन ।
– शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
– मानसिक तनाव
– अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
– पेटको कमजोरी
– पानी कम पिउनु ।

प्रशोधित खानेकुरा त्याग्ने

हामी घरको ताजा र सुपाच्य खानेकुरा भन्दा बजारमा पाइने खानेकुरामा लोभिएका छौं । फास्टफुड वा प्याकेटबन्द खानेकुरा खान्छौं । मैदाजन्य, तारेको–भुटेको, मसलेदार खानेकुरा खान्छौं । यस्तो खानेकुराले पाचन यन्त्रमा समस्या ल्याउँछ । यस किसिमको खानपानलाई त्याग्नु पनि कब्जियतको जोखिमबाट बच्नु हो ।

फाइबरयुक्त खानेकुरा

पेटको सफाइका लागि फाइबरयुक्त खानेकुरा अत्यावश्यक हुन्छ । फाइबरले पेटमा जमेको फोहोरलाई ठूलो आन्द्रा हुँदै बाहिर निकाल्छ ।
हरियो सागपात, फलफूल, तरकारी आदिमा पर्याप्त फाइबर पाइन्छ ।

पयाप्त पानी

पाचन प्रणालीको लागि पानी आवश्यक छ । पर्याप्त मात्रामा पानीको सेवनले पेटमा जम्मा भएको खानालाई शक्तिमा परिणत सघाउ पु¥याउँछ । साथै यसले आन्द्रालाई नरम तथा लचिलो बनाउँछ ।

शरीरमा पानीको कमी भएमा कब्जियतको समस्या निम्तिने गर्छ । सामान्यतया हाम्रो खाना पेट हुदै ठूलो आन्द्रामा पुग्ने गर्छ ।

तर शरीरमा पर्याप्त मात्रामा पानी नभएको अवस्थामा ठूलो आन्द्राले पटमा जमेको खानामा भएको सम्पुर्ण पानी सोस्ने गर्छ, जसका कारण दिसा कडा हुने गर्छ ।

सक्रिय जीवन एवं व्यायाम

शारीरिक निस्क्रियताले कब्जियतको समस्या पैदा गर्छ । खानमा मीठो मसिनो खोज्ने तर शारीरिक काम वा व्यायाम नगर्ने बानीले कब्जियत जस्तो समस्या निम्त्याउँछ । त्यसैले कब्जियतबाट बच्न शारीरिक रुपमा सक्रिय हुन जरुरी छ । कतिपय व्यायाम एवं योग आसन यस्ता हुन्छ, जसले पाचन क्रियामा राम्रो प्रभाव पार्छ ।
दुध होइन, दही खाने

पनिर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दुधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानी गर्दैन ।

Sana Kishan

म्याग्नेसियम फुड

आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्ने । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।

जंक फुडबाट टाढा

हामीमध्ये धेरैलाई फ्राइड फुड अति मन पर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

ब्यायाम र योग

माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि ठिक गर्न सक्छ ।

आर्युबेदिक उपचार विधी

– त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

– पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.