सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै सक्न सरकारलाई निर्देशन

143
Sana Kishan

प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बिहीवार बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको छ ।

अहिलेसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिइएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दा पार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताउनुभयो ।

Arus

प्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामााजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा सोच्न जरुरी छ ।

समितिका सदस्य यज्ञबहादुर सुनुवारले प्राधिकरणले तीन पुस्ता धान्ने गरी विद्यालय निर्माण गरेको र निजी आवास निर्माणमा पनि सफलता हासिल गरेको उल्लेख गर्नुभयो । कतिपय ठाउँमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Karnali Traders

समितिका सदस्य केदार सिग्देलले प्राधिकरणले असहज परिस्थितिमा पनि उल्लेखीय काम गरेको औँल्याउँदै एकीकृत बस्तीको बाँकी काम चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । समिति सदस्य बिनाकुमारी श्रेष्ठले भूकम्पपछि कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित आवास निर्माण गरिएकाबाट सिकेर अहिले बाढी–पहिरोका कारण विस्थापितलाई पुनर्स्थापित गराउनुपर्ने बताउनुभयो ।

समितिका सदस्य गजेन्द्रबहादुर महतले धरहरा बाहिर बनेको देखिए पनि भित्रि काम बाँकी रहेकाले त्यो चाँडो पूरा गर्नुपर्नेमा जोड दिनुभयो । निजी आवास निर्माणमा पहुँच भएका व्यक्तिको चाँडो र नभएकाको ढिलाइ भएको पाइएको उहाँको भनाइ छ । समितिका सदस्य टेकबहादुर बस्नेतले कतिपय राष्ट्रिय गौरवका आयोजना २० वर्षसम्म पूरा नभएकामा पुनर्निर्माण ६ वर्षमा यो उपलब्धि हुनु महत्त्वपूर्ण भएको औँल्याउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने बताउनुभयो । कोभिडको त्रासले गर्दा धरहरा नागरिकका लागि खुला नगरिएको उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा नै अहिले पहिरोको समस्या पनि देखिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पहिले जुरे क्षेत्रमा र अहिले मेलम्ची क्षेत्रमा देखिएको समस्या समाधानको काम अब विपद् व्यवस्थापन प्राधिकरणमार्फत अघि बढ्नेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.