सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पारस खड्का भन्छन्– ‘व्यवस्थापनमा आउन चाहन्छु’

हिजो मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । आज बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।

यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्तान खड्काले भने धेरै सोच विचार गरेर सन्न्यासको निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

Sana Kishan

पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पु¥याएको योगदान सबैले मुक्तकण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ÷सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । यो जिज्ञासाको खड्काले बुधवारको भेटघाट कार्यक्रममा उत्तर दिए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरूको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

सन्न्यासको घोषणा गरेका पूर्वकप्तान पारसले केही समयभित्रै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताए । उनले सोचेजस्तो व्यवस्थापकीय यात्रा गर्न पनि चुनौती नै छ । किनकि क्यानको विधानले क्रिकेट करिअर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचनमा भाग लिन पाउने प्रावधान छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.