सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न पूर्वआईजीपीहरूको माग

124
Sana Kishan

पन्ध्र जना पूर्वमहानिरीक्षक (आईजीपी) ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्याउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

Arus
Karnali Traders

पूर्व प्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय विस्तार गर्न अघिल्लो सरकारले महाराजगञ्जमा रहेको प्रहरी प्रतिष्ठान अन्यत्र स्थानान्तरण गर्ने र त्यसले चर्चेको एक सय १४ रोपनी तीन आना जग्गा राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने निर्णय गरेको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.