सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि जान तयार छु : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाए पनि जान तयार रहेको बताउनुभएको छ ।

बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरू जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उहाँले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताउनुभएको हो । उहाँले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाए पनि काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक शाक्यले भन्नुभयो, ‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको हो । मैले चाहिँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भनेको छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी प्राविधिकमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरै वटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना सङ्क्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताउनुभयो । अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत् आपूर्ति रोकिएको उहाँले बताउनुभयो । अस्पतालहरूलाई विद्यु्त् नजाने गरी बस्दोबस्त मिलाएको तथा गइ हालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको शाक्यले स्पष्ट पार्नुभयो ।

यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलो पटक सात ग्रिडको विद्युत् पुर्‍याएको उहाँले बताउनुभयो ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताउनुभयो । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उहाँले बताउनुभयो । आउँदा दिनमा प्रसारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उहाँले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.