सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीन दिनभित्र क्रियाशील सदस्यता टुंगो लगाउने नेपाली काँग्रेसका शीर्ष नेताहरुको सहमति

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।

नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ ।’ संचारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिने क्रममा उनले भने, ‘यसले निरन्तरता पाउँछ र २÷ ३ दिनभित्र टुंगिन्छ ।’

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.