घर मेरो फुटी गवाँरै लुटियो
हिजो वैरी ढाल्ने तरवारै लुटियो
हरायो भेष प्यारो देश नै हरायो

टोपी रे कुर्ता सलवारै लुटियो
हुम्लाले माग्छ नुन रहेन कानुन
दुखिया हुम्लीको घरबारै लुटियो

नत पेटमा गेडा नत जिउमा लत्ता
उसको जिउने अधिकारै लुटियो
भगौान पनि भएछ निष्ठुरी
निर्धाको बाँच्ने आधारै लुटियो
रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट
