सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी १० दोष भएका घरमा कहिल्यै पनि टिक्दैन पैसा, कतै तपाईको घरमा त छैन ?

के तपाईलाई वास्तुशास्त्रमा विश्वास लाग्छ ? यदि विश्वास लाग्दैन भने यो भन्दा तल लेखिएका कुराहरु तपाईका लागि त्यति उपयोगी नहुन सक्छन्।

किनभने तपाईले यसमा लेखिएका कुराहरु पालना नै गर्नु हुन्न। बुझ्नु पर्ने कुरा के हो भने वास्तुशास्त्रमा विश्वास गरे मात्रै पनि हुदैन, तिनलाई पालना गर्नु पर्छ।

यसैले वास्तुशास्त्रका कुराहरु लेख्नु भन्दा पहिले म यी कुराहरु पालना गर्छु भन्ने सोच्नुहोस्। र, पालना गर्दा खर्च हुदैन भने सके सम्म पालना गर्नुहोस्।

World Link Ads
Health Notice Kanchanpur

यहाँ हामीले वास्तुशास्त्रका त्यस्तै केहि कुराहरु ल्याएका छौँ जसले तपाईको खर्च नबढाइ घरमा सुख र समृदि ल्याउँन मद्दत गर्नेछ। यसका लागि तपाईले केहि कुराहरुको वास्ता गर्नु पर्नेछ भने आलश्यतालाई आफुमाथि भारी हुन नदिनु पर्ने छ।

फुटेको भाँडाः घरमा अनावश्यक फुटेका भाँडाहरु राख्दा लक्ष्मी रिसाउँने धार्मिक मान्यता छ। यसले मानिसको मनमा गरिवी बढेको मनोबैज्ञानिक असर परि अन्य कामहरुमा समेत असर पर्ने बताइएको छ। धार्मिक आस्थाका आधारमा भन्दा यसले वास्तु दोष उत्पन्न गराउने ज्योतिषहरुले बताएका छन्।

भाँचिएको वा चोटपटक लागेको पलङः यसले दाम्पत्य जीवनमा समेत नकरात्मक असर पर्ने बताइएको छ। भाँचिएको पलङ वा विस्ताराले वैवाहिक जीवनमा खटपट हुनसक्ने बताइएको छ।

फुटेको ऐना वा सिसाः घरमा कुनै टुटेफुटेको ऐना वा सिसाहरु हुँदा आर्थिक नोक्सानको परिचायक बन्न सक्ने र यसले परिवारका सदस्यहरुमा मानसिक तनावको वातावरण झल्किने गर्छ। यस्ता वस्तुहरु घरमा हुँदा मानसिक तनाव बढ्न सक्ने हुन्छ।

Sana Kishan

फुटेको तस्बिरः घरमा फुटेको वा च्यातिएको तस्बिरहरु राख्दा वास्तुदोष उत्पन्न भई दुभाग्य उत्पन्न हुनसक्ने वास्तुशास्त्रीहरुले बताएका छन्।

टुटेफुटेका झ्याल ढोकाः टुटेफेटका झ्याल ढोकाहरु यदि घरमा कोठामा छ भने तुरुन्त मर्मर गर्नुहोस्। यस्तो झ्याल ढोकाबाट लक्ष्मी नआउन सक्छ।

टुटेफुटेको फर्नीचरः घरको हरेक फर्नीचरजन्य सामग्रीहरु सहिसलामत हुन आवश्यक छ। यस्ता साम्रगीहरु भएको घरमा कोही पाहुनाहरु आउँदा उनीहरुले गरिवी अभाव देख्नेछन्। त्यसकारण यस्ता सामग्रीहरु तुरुन्त मर्मत गर्नुपर्दछ।

बन्द घडीः घडि मानिसको उन्नति र अवनतिसँग जोडिएको हुन्छ। जुन घरमा ठूलो घडि राखेर घडिको समय अनुसार मानिसहरु चल्छन् भने त्यो घरलाई राम्रो घर मानिन्छ। तर बन्द घडि हप्तौं देखि थन्किएर बसेको छ भने त्यसले पारिवारिक बेमेल र अवनतिको संकेत गर्दछ।

बिर्को नभएको कलम वा विग्रीएको कलमः घरमा कहिल्यै पनि यस्ता सामग्रीहरु राख्न हुँदैन। यस्तो राख्ने गर्नाले घरपरिवारको लापरबाहीको पराकाष्टा देखिन जान्छ। यदि घरमा साना साना नानीहरु छन् भने अकल्पनीय घटनापनि घट्न सक्छ। यसले शिक्षा प्रतिको वेवास्था गरेको लक्षणपनि जान्छ।

खराब इलेक्ट्रोनिक सामानः घरका यदि कुनै खराब वा विग्रिएको इलेक्ट्रोनिक सामान छ भने तुरुन्त मर्मत गरिहाल्नुस्। यसले तपाईको जीवनमा ठूलो क्षति पुग्न सक्छ।

भगवानको फुटेको मुर्तिः आस्तिकहरुले भगवानको मुक्ति घरको कोठामा सजाएर राख्ने गर्छन्। तर समायान्तरमा उक्त मुक्ति टुटफुट भइसक्दापनि त्यसैलाई पुजा गरिरहने चलन पनि छ। यस्तो गर्नाले अनिष्ट हुनसक्ने ज्योतिषहरुले बताएका छन्। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.