सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जैतुन र ब्रो काउली खानुका यस्ता छन् फाइदाहरु !!

110
Sana Kishan

बजारमा थरीथरीका खाना पकाउने तेल पाइन्छ । हरेक तेलले स्वास्थ्यमा फरक फरक लाभ पुर्याउँछ । यस्तैमा जैतुनको तेल प्रयोग भएका खाना खाँदा हाड बलियो हुने देखिएको छ। जैतुनको तेल मात्र होइन, यसको फल सेवन गर्दा पनि हाडको बलियोपनामा सकारात्मक असर पर्दछ।

स्पेनमा ’क्लिनिकल एन्डोक्राइनोलजी एन्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययन अनुसार जैतुन र जैतुनको तेलको सेवनले उमेरमा हुने वृद्घसिँगै हाडको घनत्व र बलियोपनामा राम्रो लाभ गर्दछ।

Arus

साथै यसको सेवनले ओस्टियोस्पोरोसिसमा कमी आउँछ । अब चर्चा गरौं काउली अर्थात फुलकोबिको । काउली धेरैलाई मन पर्ने तरकारी हो । तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन ।

Karnali Traders

तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउछ। अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ। ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ ।

यसको सेवनले स्तर क्यान्सर हुन नदिने मात्रै होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्दछ । ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ। (नयाँ पुस्ता बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.