सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश १ मा ९४ प्रतिशत धान रोपाइँ सकियो

प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

१४ जिल्ला रहेको प्रदेश १ मा कुल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयकी प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, संखुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर र धनकुटामा ६ हजार ३६० हेक्टरमा धान रोपाइँ गरिएको छ ।

यस्तै उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलढुंगामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताइन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.