सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यको शुभारम्भ

कञ्चनपुरको बेदकोट नगरपालिकामा अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार प्रतिनीधि सभा सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काको बिशिष्ट आतिथ्यता र बेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दको सभापतित्वमा भुमि सम्बन्धि समस्या समाधान आयोगले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार बेदकोट नगरपालिका वार्ड नं १ देखि अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रम एक भव्य कार्यक्रमका साथ शुभारम्भ भएको हो ।

 

 

गत शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको थियो । वडा नं. १ बाट नापी सुरुवात गर्ने र श्रावण २२ गतेदेखि ५ वटा वडाहरुमा नापी गर्न ५ वटा नापी टोली पठाउने निर्णय गरेको थियो ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यहि श्रावण मसान्तसम्म बेदकोटका १० वटै वडामा १० वटा नापी टोली वडामा पठाएर नापी गर्ने र २०७८ साल कार्तिक महिना भित्र नापजाँच गरिसक्ने छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.