

हालै अष्ट्रेलियामा सम्पन्न एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा एसिटि एससिसि सदस्य पदमा बसन्त भट्ट अत्याधिक मतले बिजयी भएका छन । ३१ जुलाईका दिन भएको मतदानमा उनले ७८५ मत ल्याइ विजयी भएका छन् । कुल मतदाता १२७६ रहेको उक्त निर्वाचनमा ११७६ मत खसेको थियो । बिभिन्न सामाजिक काममा निरन्तर सकृय रहदै आएका भट्ट विगत २०१७ बाट अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् ।
आफु बिजयी भएसङै उनले युवा उद्यमशीलतामा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने जनाएका छन् ।


उक्त मतदानमा उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद दिदै आफुले पाएको मतको कदर गर्दै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन। साथै सो निर्बाचनमा एसिटीबाट स्टेट कोडिनेटरमा असोक बस्नेत तथा एनआरएन अष्ट्रेलिया २०२१-२३ को कार्यकालका अध्यक्षमा नन्दु गुरुङ तथा महासचिव पदमा राजु अधिकारी बिजयी हुनुभएको छ ।
