
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाद्वारा रु ११,२८००० ( एघार लाख अठ्ठाईस हजार ) मृत्यु बिमा दाबि भुक्तानीको रकम शाखा कार्यालय महेन्द्रनगरमा एक कार्यक्रमका बिच भिमदत्त नगरपालिका १८ निम्बुखेडा बस्ने मृतक खेम बहादुर लामाको पत्नि सीता रानालाई हस्तान्तरण गरिएको छ। लामाको २०७८ बैशाखमा कोरोनाका कारणले मृत्युु भएको थियो।

उहाले १० लाखको बिमा गर्नु भएको थियो। सो बीमा बाफत मृतक लामाले २ किस्ता प्रमियम कम्पनीमा जम्मा गर्नु भएको थियो।मुत्य दाबि बाफतको रकमबाट बिमालेख बाफत कम्पनिबाट लिएको ऋण रकम घटाएर बाकि रकम रु ९,३०,७३७ ( रु नौ लाख तीस हजार सात सय सैतिस ) को चेक मृतक लामाको पत्नि राना लाई नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी एजेन्सि कार्यालय मझगाउका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द बिमा अभिकर्ता भक्त बहादुर बुढा लगाएतको उपस्थित रहेको थियो।
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालकै पहिलो र अग्रणी जिवन बिमा कम्पनि हो।
