सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्बियो

57
Sana Kishan

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा थपेको छ। मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो।

हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन्। निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन्। यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

Arus
Karnali Traders

यस्तै मंगलबार मात्रै पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन्। (अन्नपूर्ण पोस्ट बाट सभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.