सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । यसअघि माओवादीमा रहनुभएकी विमला ओली एमालेमा प्रवेश गरे पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै एक मतको कमी रहेको छ ।

विपक्षी गठबन्धनसँग भने सभामुखसहित ४१ सदस्य रहेका छन् । मत बराबर भएको स्थितिमा सभामुखले मत दिने सुविधा भएकाले विपक्षीले बहुमत पु¥याउन सक्ने अवस्था रहेको छ । (उज्यालो अनलाइन बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.