महाभारत युद्ध हुँदा कृष्ण भगवान ९० वर्षका थिए, तर कसरी देखिए जवान ?

भगवान कृष्णको कर्मयोग र ज्ञानयोग वारेको ज्ञानलाई महत्वका साथ लिइने गरिएको छ।

कृष्ण भगवानका विभिन्न रुप देख्नु भएको होला तर के तपाईले कहिल्यै कृष्णको बृद्धाअवस्थाको फोटो देख्नु भएको छ ?

सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।

पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ। यो आलेखमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ। त्यो उनको उमेर।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो।

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे।

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ।

सर्वाधिक आकर्षक

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो।

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन्। जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन्। (नयाँ पुस्ता बाट सभार)

Total
31
Shares
Related Posts

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले ।…
पुरा पढ्नुहोस

अचानक मुटुको धड्कन किन बढ्छ ?

सामान्य अवस्थामा मुटुको चाल थाहा हुँदैन । शारीरिक भार पर्ने काम गर्दा, दौडदा, छिटो छिटो हिँड्दा भने मुटुको…
पुरा पढ्नुहोस
Total
31
Share