स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रि हुदाँ सरकारले दिने पारश्रमिक सुविधा नलिने घोषणा गरेका छन्।
राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षासम्बन्धी बाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन्।

सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन्। मन्त्री रहञ्जेल आफू संलग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उनले बताए। (थाहा खबर बाट सभार)

