सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सांसदको तलब भत्ताको कारोबार अब वाणिज्य बैंकबाट

सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए । आफूहरुको तलब भत्ता सरकारी बैंकबाट नै पाउनुपर्ने व्यवस्था गर्न सांसदहरुले संसद बैठकमै आवाज उठाएका थिए ।

World Link Ads
Mahakali Polytechnic

सांसदहरुले कुरा उठाएपछि सभामुख अग्नि सापकोटाले सरकारी बैंकबाटै कारोबार गर्न निर्देशन दिएका थिए । संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

Sana Kishan

तर अर्थ मन्त्रालयले आर्थिक बर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाई हुने जानकारी दिएको थियो । संसद सचिवालयले आर्थिक वर्ष २०७७–७८ सकिएपछि २०७८ असार ३१ गते पुनः अर्थ मन्त्रालयमा खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

‘‍‘.अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ’ संघीय संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले भने । (अनलाइनखबर बाट सभार)

हेर्नुहोस् पत्र 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.