सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिन्धुपाल्चोकमा विज्ञ टोली जाँदै, बाढी मापनको उपकरण नहुँदा समस्या

सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान गर्छ ।’

World Link Ads
Mahakali Polytechnic

गएराति मेलम्चीमा आएको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की बगाएको छ । मानवीय क्षति नभए पनि अघिल्लो पटकको बाढीमा बचेका भौतिक संरचनाहरु गएरातिको बाढीमा बगेका छन् ।

Dirghayu Ads
Sana Kishan

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हेलम्बु क्षेत्रमा वर्षा हुने र त्यो सतर्कताको तहसम्म पुग्नसक्ने प्रक्षेपण गरेर त्यसअघि बुलेटिन जारी गरेको थियो ।

विभागको वर्षा मापन केन्द्रमा भने धेरै ठूलो पानी परेको रेकर्ड छैन । विभागका निर्देशक एवम् वरिष्ठ मौसमविद विक्रम श्रेष्ठका अनुसार गत चौबिस घण्टाको अवधिमा सेरमाथाङ भन्ने स्थानमा २०.८ मिलिमिटर र धाप भन्ने स्थानमा ३७.८ मिलिमिटर पानी परेको रेकर्ड छ । मुहान क्षेत्रतिर पहिरो गएको पनि देखिएको छ ।

तर जल तथा मौसम विज्ञान विभागमा नदी थुनिए÷नथुनिएको जानकारी छैन । नाकोटे भन्ने स्थानमा जल सतह मापन गर्ने उपकरण थियो । गत असार १ गतेको बाढीले त्यो उपकरण बगाइदिएपछि अर्को उपकरण जडान गरिएको छैन । त्यसैले जलसतह घट–बढ भएको र कुन तहसम्म पुगेको छ भन्ने तथ्यांक विभागसँग छैन । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.