सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

थरीथरीका नुनहरु, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक हुने बताइन्छ । त्यसो त अन्य अवस्थामा पनि नुनले शरीरलाई हानी गर्ने चिकित्सकहरुको भनाई छ ।

जबकि नुन नभई हाम्रो भान्सा चल्दैन । अर्थात हाम्रो भात–भान्सा खल्लो हुन्छ ।

अक्सर हामी भान्सामा सेतो नुन प्रयोग गर्छौं । यस नुनलाई सोडियम क्लोराइड भनिन्छ । सोडियम र क्लोरिन दुई तत्व मिलेर बनेको नुन हो यो ।

World Link Ads
Mahakali Polytechnic

शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमूख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदन–प्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ । साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ ।

तर, यसले सबै पदार्थलाई आफुतर्फ तान्ने गर्छ । त्यसैले सोडियमको अधिक प्रयोगले शरीरमा पानीको मात्रा बढ्छ, जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

कुन नुन बढी उपयोगी ?

अहिले बजारमा थरीथरीका नुन उपलब्ध छन् । यसमध्ये पनि कुन नुन बढी उपयोगी वा स्वास्थ्यका लागि फाइदाजनक होला ?

सेतो नुन

Sana Kishan

टेबल साल्ट विश्वभर प्रयोग गरिने नुन हो । खासगरी खाना बनाउनका लागि यसको प्रयोग गरिन्छ, जो तपाई हाम्रो भान्सामा पनि छ ।

यसलाई आयोडाइज्ड भनिन्छ, ताकि यसबाट हाम्रो शरीरमा पर्याप्त आयोडिन मिल्न सकोस् । सेतो नुनमा सोडियम ३९ दशमलव १ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य १ प्रतिशत र सोही बमोजिम आइरन पाइन्छ ।

समुन्द्री नुन

समुन्द्री नुनलाई समुन्द्रको पानी वाष्पित गरेर बनाइन्छ । समुन्द्री नुनमा केही मिनरल्स बढी हुन्छ, जसले गर्दा खानाको स्वाद थोरै अलग हुन्छ । तर यो सादा नुन जस्तो हो । समुन्द्री नुनमा सोडियम ३८ दशमलव ३ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य ८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव सून्य ५ प्रतिशत र आइरन सून्य दशमलव सून्य १ प्रतिटशत हुन्छ ।

हिमालयन नुन

पिंक हिमालयन सल्ट वास्तवमा निकै फरक किसिमको नुन हो । यो हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यसलाई रक सल्ट, हिमालयन क्रिस्टल सल्ट नामले पनि चिनिन्छ । सेंधा नुन पनि यसकै एक प्रकार हो । यस नुनमा सोडियम ३६ दशमलव ८ प्रतिशत, पोटाशियम सून्य दशमलव २८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव १ प्रतिशत र आइरन एकदम नगण्य मात्रामा हुन्छ ।

कुन नुन उपयोगी ?

यदि तपाई सीमित मात्रामा प्रयोग गर्नुहुन्छ भने, सबै नुनमा पोषक तत्व प्राप्त हुन्छ । यदि तपाई पूर्णत स्वसथ्य हुनुहुन्छ भने, टेबल साल्ट अर्थात दिनहुँ तपाईले प्रयोग गरिरहेकै नुन उपयोगी हुन्छ ।

किनभने सोडियम, पोटाशियम र म्याग्नेशियम त अरु सबै नुनबाट पाइन्छ तर आयोडिन मिल्दैन । धेरैजसो प्याकेटबन्द टेबल साल्टलाई आयोडाइन्ज्ड गरिएको हुन्छ । आयोडिन हाम्रो स्वास्थ्यका लागि एकदम फाइदाजक हुन्छ । यसको अभावले कतिपय गंभिर रोग लाग्न सक्छ, जस्तो थाइराइड । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.