फेरि प्रधानमन्त्री बन्छु भनेर षड्यन्त्र कसैले नगरोस् : माधव नेपाल

sf7df8f}F, [email protected] c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf Pdfn] jl/i7 g]tf dfwjs’df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f, /f;;

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ’ उनले भने ।

अखिल फोर्सले शनिबार काठमाडौंमा गरेको भेलामा नेता नेपालले दुई दुई पटक संसद विघटन भएको स्थितिबाट संविधानको संरक्षण भए र सर्वोच्च अदालतले संविधानको सही ब्याख्या गरेको बताए । ‘सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं’ नेता नेपालले भने ।

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसात गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।

‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानविन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्तालाई आग्रह गरे । (अनलाइनखबर बाट सभार)

Total
16
Shares
Related Posts

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन…
पुरा पढ्नुहोस

सरकार देशलाई नै कालोसूचीमा पार्ने बाटोमा गइरहेको छ : सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ…
पुरा पढ्नुहोस

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : बाबुराम भट्टराई

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका…
पुरा पढ्नुहोस
Total
16
Share