सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यो साता निकै शुभ छ मेष, वृष, मिथुनसहित यी ७ राशिको भाग्य, कुन हो तपाईको राशी ?

यो साता (साउन १७ गतेदेखि २४ सम्म) मेष, वृष, मिथुन, सिंह, कन्या, धनु, कुम्भ राशिका लागि निकै शुभ छ भने अन्य केही राशिका लागि मध्यम र केहीका लागि अनि अशुभ देखिन्छ ।

मेष : साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपिनको कारणले स्वास्थ्यमा बाधा एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झुटो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवम यात्रामा तनाव बढ्नेछ । सामानिजक एवं धार्मिक काममा समय व्यतित हुनेछ ।

वृष : साताको सुरुमा घरायसी काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवम् ठुलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा सामान्य आम्दानी हुने तथा सम्पत्तिको जोहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवम् वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवम् आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन ; टाढाबाट धनको प्राप्ति हुनेछ । अध्ययन एवम् कला, संगीतमा रुचि जानेछ । धार्मिक एवम् आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवम् घरायसी विवाद भने बढ्नेछ । नयाँ लगानी एवम् काममाको लागि योजना बन्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवम् जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ ।

Dirghayu Ads

कर्कट : चिसोले बाधा पुर्याउनेछ । मानसिक तनावले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवम घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवम भोगविलासमा खर्च बढ्नेछ । साथी भाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

सिंह : साना काममा जिम्मेवारी आउनेछ । छोटो यात्राको मजा मिल्ने एवं साथीभाइसँग धनको कारोबार हुनेछ । मनोरन्जनमा रुचि बढ्नेछ । अध्ययनमा अवसर मिल्ने एवम् दाजुभाइको सहयोगले सामुहिक काम बन्नेछ । दिदीबहिनी एवम् बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवम् आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । साथीभाइको सल्लाहले काममा राहत मिल्नेछ ।

कन्या : आफ्नो बोलीवचनले सकारात्मक प्रभाव पर्नेछ । वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ । धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवम् परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवम् व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।

Sana Kishan

तुला : यात्रामा धनको व्यय हुनेछ । सवारी साधनले दुख दिने एवं आटेको काम पर सर्नेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवम आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवम आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ ।

वृश्चिक ; आफन्तको लागि धन खर्च केही हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवम् मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवम् आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम् धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ ।

धनु : नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवम यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवम आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक सहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ ।

मकर : व्यवसायमा आर्थिक चिन्ता हुनेछ । सामाजिक एवम् धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवम् यात्रामा झन्झट मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले पुराना कामहरु बन्नेछन् । प्रेममा प्रगती एवम् वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ती हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवम् व्यक्तिगतकाममा सामान्य झन्झट हुन सक्नेछ

कुम्भ : धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवम् पारिवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवम् वैदेशिक सहायता आउनेछ । विदेशबाट फाइदा एवम् आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवम् सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।

मीन : साताको सुरुमा काममा आलोचना हुनेछ । नयाँ काममा विरोधीबाट विघ्नबाधा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवम् आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पुरा हुने एवम् धार्मिक काममा खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदिय सुख मिल्ने एवम् काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवम् सञ्चित धन खर्च हुने देखिन्छ। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.