सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उनले भने, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उनले भने ।

Dirghayu Ads

तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उनले भने ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.