सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने किन ?

केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ । त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ ।

Sana Kishan

यो स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ छ । तर अहिले नेपालमा बिहानीपख बाहिरिने र बेलुकातिर भित्रने प्रणाली नभए पनि भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसो पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसो विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

बाँकी ठाउँको मौसम सामान्य बद्ली रहनेछ । राति पनि वाग्मती, प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.