सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वस्थ बन्न यी आहार प्रमुख हुन् हेर्नुहोस् !!

तपाईंले आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्नका निम्ति धेरै प्रयास गर्नुभयो होला । कति मात्रामा त्यो सफल भएको छ छैन । कहिलेकाहीँ खानाका आहार मिलाउन नजान्दा पनि समस्या भएको हुन्छ । हामीसँग पैसा र खाद्यवस्तु हुँदैमा हेल्दी बन्ने होइन ।

स्वस्थ बन्नका निम्ति निम्न आहारव्यवहार राम्रो मानिसन्छ । केही एन्टी एजिङ फुड्सले शरीरलाई भित्रैदेखि स्वस्थ बनाउने गर्छ जसका कारण तपाईंले लामो जीवन पाउन सक्षम हुनुहुनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

ब्रोकलीः

World Link Ads
Mahakali Polytechnic

बढ्दो उमेरका लागि ब्रोकलीले एक औषधीको रुपमा काम गर्छ । ब्रोकलीमा निकोटिनमाइड मोनोन्यूक्लियोटाइड हुन्छ जुन मांसपेशी, कलेजो र आँखाका लागि अत्यधिक राम्रो मानिन्छ ।

यसले तौल पनि नियन्त्रण गर्छ, शारीरिक चुस्तता बढाउँछ र प्रतिरोधी क्षमता बलियो बनाउँछ । आफू स्वस्थ हुन र लामो उमेरका लागि पनि यी सब कुरा आवश्यक छ ।

भेंडे खुर्सानीः

हामीलाई छिट्टै बुढो हुन नदिने खानेकुरामा भेंडे खुर्सानी पनि पर्छ । यसमा एन्टिअक्सिडेन्स र भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यी दुई तत्वले हामीलाई लामो उमेर दिने काम गर्छ ।

शोधमा पत्ता लागे अनुसार भेंडे खुर्सानीमा पाइने क्यारोटिनोयडले उमेर बढेसँगै हुने मोतीबिन्दू र म्याक्यूलर डिजेनेरेशन (उमेर बढेसँगै आँखामा देखिने समस्या) जस्ता रोगलाई रोक्न मद्दत गर्छ ।

गाजरः

गाजरले तपाईंलाई लामो उमेरमात्रै दिँदैन, यसले तपाईंलाई आकर्षक पनि बनाउँछ । ग्लासगो र एक्सेटरको विश्वविद्यालयद्वारा गरिएको एक शोधमा पाइए अनुसार गाजरमा पाइने क्यारोटिनोयडले उमेरको गतिलाई सुस्त बनाउने काम गर्छ ।

गाजरमा पाइने भिटामिन एले छालाको तन्तुलाई स्वस्थ बनाउँछ र छालालाई ब्याक्टेरिया र भाइरसबाट पनि जोगाउँछ ।

ओखरः

बीएमसी मेडिसिनमा छापिएको एक शोधका अनुसार हप्तामा कम्तीमा तीन पटक ओखर खानेहरुको उमेर दुईदेखि तीन वर्षसम्म बढ्ने गर्छ ।

नियमित रुपमा ओखर खाँदा क्यान्सर र मुटुको समस्या हुँदैन । यी दुबै यस्ता रोग हुन् जसको उमेर सँगै खतरा पनि बढ्ने गर्छ ।

सारडाइन फिशः

ओमेगा–थ्री फ्याटी एसिड लामो उमेर चाहनेहरुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । एकेडेमी अफ न्यूट्रिशन तथा डाइटेटिक्सका अनुसार यसले मुटु र मधुमेहको खतरालाई कम गर्छ ।

Sana Kishan

सारडाइन फिश खाँदा ओमेगा–थ्री र भिटामिन बी१२ को पूर्ति हुन्छ । ओमेगा–थ्री र भिटामिन बी–१२, दुबै लामो उमेरका लागि आवश्यक पोषक तत्व मानिन्छन् ।

एभोकाडोः

क्रिमले भरपुर एभोकाडो खाँदा स्वादिष्ट त हुन्छ नै यो पोषणले पनि भरपुर हुन्छ । एभोकाडोमा हेल्दी फ्याट पाइन्छ जसले शरीरलाई भित्रैदेखि स्वस्थ र छालालाई चम्किलो बनाउँछ । यसमा पाइने भिटामिन ‘ए’ ले शरीरलाई संक्रमणबाट टाढा राख्छ ।

ब्लूबेरिजः

ब्लूबेरिज भिटामिन ए र सीका साथै एन्थोसायनिनजस्ता एन्टी एजिङ एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । शोधमा पाइए अनुसार एन्थोसायनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र उमेर बढ्ने संकेतलाई कम गर्छ ।

ब्लूबेरिजमा पाइने एन्टीअक्सिडेन्टले मुटु, क्यान्सर र स्नायू प्रणालीसम्बन्धि गम्भीर रोगबाट जोगाउँछ ।

चिया सिड्सः

चिया सिड्स पोषक तत्वले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले छालाको रक्षा गर्छ ।

चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर, प्रोटिन र सबै आवश्यक अमिनो एसिड हुन्छ । स्वास्थ्य विज्ञले एन्टि एजिङ खानामा चिया सिड्सलाई कुनै पनि हालतमा समावेश गर्न सल्लाह दिन्छन् ।

अंगुरः

सानो देखिने अंगुरमा विभिन्न आवश्यक एन्टी एजिङ तत्व पाइन्छ । एउटा अंगुरमा १५ सय नेचुरल प्लान्ट कम्पाउन्ड पाइन्छ । यसबाहेक यसमा एन्टिअक्सिडेन्ट र अन्य पोलिफेनोल्स पनि हुन्छन् जसले उमेरको गतिलाई कम गर्छ र स्वस्थ तरिकाले अघि बढ्न सहयोग गर्छ ।

शोधका अनुसार पोलिफेनोल्सले आँखा, हड्डी, कलेजो र दिमागलाई स्वस्थ राख्छ ।

पालुङ्गोः

पोषक तत्वले भरपुर पालुङ्गोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । द डाइट डिटक्सकी चर्चित लेखिका ब्रुक अलपर्टले द हेल्दी वेबसाइटलाई भनिन्, ‘पालुङ्गोमा पाइने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ ।

आइरनबाहेक यसमा पाइने भिटामिन ए र भिटामिन सीले नयाँ स्किन सेल्स बनाउँछ ।’ (ओकेजनता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.