सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खाना खानसाथ बज्रासनमा बस्दा के फाइदा हुन्छ ?

खाना हाम्रो शरीरको लागि एक अनिवार्य आवश्यक्ता । कस्तो खाना खान्छौं, कसरी खान्छौं, कहाँ र कुन बेला खान्छौं भन्ने कुराले निकै महत्व राख्छ । किनभने स्वस्थ्य जीवनका लागि राम्रो एवं पोषिलो खानेकुरा मात्र भएर पुग्दैन । खाना कसरी पकाएको हो त्यसले पनि अर्थ राख्छ । खानामा रहेको पोषक तत्वलाई नष्ट नहुने गरी पकाएको खाना स्वस्थ्यकर मानिन्छ । यद्यपि यी खानाबाट त्यसबेला मात्र हामीले स्वस्थ्य लाभ लिनसक्छौं, जब सही ढंगले खाइन्छ । सही समय र सही आसन अपनाइन्छ ।

हाम्रा पूर्खाहरुले खानपानका सम्बन्धमा यावत् विधी एवं तौर–तरिकाहरु पहिल्याएका छन् । खाना खानुअघि के गर्ने, खाना खाइरहँदा कसरी खाने, खानपानपछि के गर्ने भन्ने कुरामा स्पष्ट दिशानिर्देश दिएका छन् ।

खाना खानुअघि पानी पिउनु उचित मानिदैन । खाना खाइरहँदा आनन्दपूर्वक स्वाद लिएर र विस्तारै खानुपर्छ । कुनैपनि ठोस खानेकुरालाई मुखमा नै चपाएर तरल बनाइसकेपछि मात्र निल्नुपर्छ भनिएको छ । यसैगरी खाना खाइसकेपछि पनि के गर्ने वा के नगर्ने भनी सुझाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

खाना खाइसकेपछि गह्रौ काम गर्नु, हिँडडुल गर्नु, शौचालय जानु राम्रो मानिदैन । अतः खाना खाए लगत्तै केही समयका लागि बज्रासनमा बस्नुपर्ने सुझाइएको छ । बज्रासन एकदमै सरल एवं सहज आसन हो । यो आसन जो कोहीले सजिलै अनुसरण गर्न सक्छन् ।

Dirghayu Ads

बज्रासन बस्दा खाएको खानेकुरा पेटमा सहज रुपमा पच्न सक्छ । यसले गर्दा शरीरमा अतिरिक्त बोसो जम्ने वा अपच जस्ता समस्या हुँदैन ।

खासमा बज्रासनको अर्थ बलवान स्थिती हो । यो योग पाचनशक्ति, वीर्यशक्ति तथा स्नायुशक्तिका लागि उपयोगी हुन्छ । यो आसन खाना खाएको पाँच मिनेट पछाडि बस्न सकिन्छ । बज्रासन दश देखि पन्ध्र मिनेटसम्म बस्नु उपयुक्त हुन्छ । त्यसो त अन्य समयमा पनि बज्रासन बस्दा फाइदा पुग्छ ।

कसरी गर्ने ?

– जमिनमा गुन्द्री वा म्याट ओछ्याएर बस्ने ।

Sana Kishan

– अब दुबै खुट्टालाई घुँडासम्म मोडेर खुट्टाको बलमा बस्ने ।

– तपाईंको दुबै खुट्टाको औला एकआपसमा मिलाउनुपर्छ ।

– कम्मरलाई एकदम सिधा राख्ने ।

– आफ्नो दुबै हातलाई घुँडाको माथि राख्ने ।

यसको फाइदा

पाचन शक्ति राम्रो हुन्छ । यसल योगले पाचन यन्त्रलाई बलियो बनाउँछ । ग्यास, एसिडिटी, अपच सम्बन्धि पेटको रोग हटाउँछ ।

रक्त प्रवाह बढाउनमा पनि सहयोग गर्छ । मुटुसँग सम्बन्धित रोग नियन्त्रण गर्छ । यसले अतिरिक्त बोसो जम्न नदिने भएकाले मोटोपन बढ्दैन । मासंपेशी र हड्डी बलियो बनाउँछ । आँखाको ज्योति बढाउँछ । एकाग्रता बढाउँछ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.