गाजरका फाइदाहरु !!

गाजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ ।

छाला चम्किलो बनाउँछ

भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ ।

रतन्धो हुनबाट बचाउँछ

गाजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउछ ।

मुटुको रक्षा

गाजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि

गाजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

दाँतका लागि लाभदायी

यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।

बुढोपन रोक्छ

यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।

महिलाको महिनावारीमा लाभदायी

गाजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।

पाचन प्रणालीमा सुधार

गाजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ । (सेतीकाली न्युज बाट सभार)

Total
1
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
1
Share