सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी १० कारणहरु नबुझेपछि ह्वात्तै बढ्छ तपाईको तौल ? के हुन् त ती बुझ्नैपर्ने कुरा ?

दिनदिनै दौडिनुहुन्छ, यो गर्नुहुन्छ। खाना बार्नुहुन्छ। क्यालोरी नाप्नुहुन्छ। तर पनि मोटाउनु छोड्नुभएन। के भयो त ? पक्कै केही न केही गडबडी छ। तपाईको भोजन यी १० कारणले स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

डेलिमेट डटकममा शारीरिक प्रशिक्षक जेम्स स्टेरिङले डाइटिङबारे केही सुझाव दिएका छन्। १० वटा कारणले गर्दा हामीले खाने भोजनले नकरात्मक असर गर्ने कुरा उनले बताए।

के तपाई धेरै पानी पिउनुहुन्छ ?
पानी धेरै पिउनाले शरीरको तौल नघटेता पनि यसले भोकलाई कम गर्छ र खाइराख्ने बानीलाई हटाउँछ। धेरै मानिसले तिर्खालाई भोक भनेर गलत बुझ्ने गर्दछन्। उनीहरु पानी कम खाना बढी खाने गर्दछन्।

World Link Ads
Mahakali Polytechnic

त्यसैले एक दिनमा कति पानी खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ। पानी कति खाने भनेर निर्धारण गर्न यो फर्मुला प्रयोग गर्न सकिन्छ। तपाईको तौल कति पाउण्ड छ जोख्नुहोस्।

तपाईको तौललाई दुईले भाग गर्नुहोस् अनि भागफललाई ०.०२८ ले गुणन गर्नुहोस् र उक्त गुणनफल नै तपाईले एक दिनमा कति लिटर पानी खाने भन्ने कुरालाई जनाउँछ।

जस्तो तपाईको तौल १२८ भएदेखि त्यसलाई २ ले भाग गर्दा ६४ हुन आउँछ। अव ६४ लाई ०.०२८ले गुणन गर्नुहोस् र गुणनफल १.७९२ हुन आउँछ। यसको अर्थ अब तपाईले १.७९२ लिटर पानी पिउनु राम्रो हुन्छ।

तर दैनिकरुपमा व्यायाम गर्ने व्यक्तिले भने शरीरमा क्षय भए अनुरुपको पानी पिउनुपर्छ। र, तपाईले के ख्याल गर्नुपर्छ भने हाम्रो शरीरले व्यायाम गरेको ९० मिनेटमा अधिकांश काब्रोहाइड्रेटलाई खपत गर्ने गर्छ।

के तपाईले भोजनको मात्रालाई सधैं नियन्त्रण गर्नुहुन्छ ?
भोजनको सचेतरुपमा नियन्त्रण गर्दा यसले तौल घटाउनमा महत्वपूर्ण सहयोग गर्छ र यो ज्ञानबिना हामीले के खादैं छौ भन्ने कुरा थाहा पाउन सक्दैनौ । आवश्यक मात्रामा सन्तुलित भोजन खानुपर्छ तर कति प्रोटिन, कति काव्रोहाइड्रेट कति फ्याट र कति भिटामिन खाने भनेर नाप्दै हिड्न भने सकिदैन।

कुन कुन पोषण तत्व कति लिने भन्ने थाहा छ ?
यसलाई निर्धारण गर्न निकै कठिन छ किनभने यो तपाईको शरीरको आकार, क्रियाकलापको तह र लक्ष्यमाथि निर्भर हुन्छ । यदि तपाईले महत्वपूर्ण पोषणतत्वहरु खान भुल्नु भयो भने वा खाना खाने समयलाई मिलाउनु भएर तपाईले इच्छाए बमोजिमको शरीर बनाउन सक्नुहुन्न । तर खानामा एकरुपता, पोषणको ज्ञान र शरीरको आवश्यकता अनुसार खाना खानाले तपाई स्वस्थ हुनसक्नुहुन्छ ।

Sana Kishan

डाइटिङ मात्रै गर्नुहुन्छ कि व्यायाम पनि ?
यदि तपाईको तौल घटिरहेको छ भने यो राम्रो कुरा हो तर तौल घट्दैमा शरीरको फ्याट घट्दैन । त्यसकारण पनि फ्याट घटाउन डाइटिङ मात्रै होइन व्यायाम पनि गर्नुहोस् ।

के तपाई ओमेगा ३ –माछाको तेल वा शाकाहारी भए एल्जी –प्रयोग गर्नुहुन्छ ?
तौल घटाउनका लागि ओमेगा ३ निकै सफल भएका छन्। यसको कारण के हो भन्दा अन्य फाइदाको साथसाथै ओमेगा ३ ले तपाईको शरीरका सेललाई तरल बनाईराख्दछन् जसले गर्दा सेलहरु इन्सुलिन प्रति संवेदनशील हुन्छन्।

यसको अर्थ के हो भन्दा जब सेल तरल हुन्छ तव शरीरमा फ्याट जम्मा हुन पाउदैन । त्यसै गरी शाकाहारीका लागि एल्जी शरीरका सेललाई तरल बनाउन निकै सहयोगी हुन्छन् ।

तपाईले कति चाँडो खाना खानुहुन्छ ?
के तपाइले चाँडो खानुहुन्छ ? के खानालाई कम चपाएर निल्नुहुन्छ ? त्यसो हो भने अब ढिलो खानुहोस् र राम्रोसँग चपाएर मात्र निल्नुहोस् । तपाई अघाउनु भयो भनेर दिमागलाई जानकारी दिने हर्मोन निकाल्न पेटलाई झण्डै २० मिनेट लाग्ने र चाँडो खाँदा तपाईले आफ्नो शरीरलाई खाएको खाना चिन्न पर्याप्त समय दिन नसक्ने भएकोले ढीलो खाँदा राम्रो हुन्छ ।

के उत्तम फ्याटको मात्रालाई सन्तुलित रुपमा लिनु भएको छ ?
आहारमा फ्याट मिलाउँदाका फाइदाहरु मध्य एउटा फाइदा भनेको फ्याटले शरीरका हर्मोन निर्माण र सन्तुलनमा महत्वपूर्ण कार्य गरेका छन् ।

क्यालोरीलाई नाप्नुहुन्छ ?
क्यालोरी नापेर खानाले तौल घट्छ तर यसभन्दा अगाडि क्यालोरी के हो भन्ने कुरा बुझ्नु आवश्यक छ । क्यालोरी एउटा इकाइ हो जुन १ डिग्री सेल्सियस तापक्रमद्धारा १ लिटर पानी बढाउन आवश्यक पर्छ । क्यालोरी मापनमा पाचन प्रणालीलाई ध्यान दिइएको हुदैन ।

के तपाईले रक्सी पिउनुहुन्छ ?
जब तपाईले रक्सी पिउनुहुन्छ तब तपाईको कलेजोले रक्सीलाई एसिटेटमा बदल्छ । उक्त एसिटेट रगतमा मिसिन्छ । रगतमा मिसिएको एसिटेटले फ्याटलाई भन्दा पनि आफै इनर्जीको श्रोतको रुपमा काम गर्छ जसका कारण शरीरले फ्याटलाई होइन कि एसिटेटलाई इनर्जीमा रुपान्तरण गर्छ । त्यस कारण पनि रक्सी पिउनाले मोटोपना घट्नुको साटो बढ्छ ।

तपाई कति सुत्नुहुन्छ ?
प्रत्येक रात कति सुत्नुहुन्छ भन्ने कुराले तपाईको शारीरिक क्षमतालाई निर्धारण गर्दछ । जब तपाई कम सुत्नुहुन्छ तब खानाको रुची बढाउने हर्मोन ग्रेलिन बढ्दछ वा खानाको रुची कम गराउने हर्मोन लेप्टिन घट्छ । यसले गर्दा शरीरको मेटाबोलिजम सुस्त हुन्छ र तौल वृद्धि हुन्छ। (नयाँ पुस्ता बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.