खाली पेटमा बेसार–पानी पिउनुका फाइदै–फइदाहरु !!

स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् ।

बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै बेसार–पानी पिउँदा दिमागलाई पनि फाइदा पुग्छ । यसरी पिउने बेसार–पानी बनाउन एक गिलास मनतातो पानीमा आधा कागती, एक चम्चा बेसार र उति नै मह मिसाएर राम्रोसँग फिट्नुपर्छ ।

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरका किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसार–पानीको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ । यसले खाना पचाउन सहयोग गर्छ ।

यसका अतिरिक्त, बेसार–पानीको नियमित सेवनले दिनभरको थकान मेटाउँछ, दुखाइ कम गर्छ र शरीरलाई ताजा राख्छ । बिहान खाली पेटमा बेसार–पानीको पिउँदा दिमाग तेज हुन्छ । भुल्ने रोग कम गर्छ । यसले कलेजोलाई सफा राख्छ । र, पित्ताशयको कामलाई सुचारु गराउन मद्दत गर्छ । उमेरसँगै आउने समस्याहरुको समाधानमा पनि बिहान खाली पेटमा बेसार–पानीको सेवन लाभदायक हुन्छ । (सेतीकाली न्युज बाट सभार)

Total
2
Shares
Related Posts

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले ।…
पुरा पढ्नुहोस

अचानक मुटुको धड्कन किन बढ्छ ?

सामान्य अवस्थामा मुटुको चाल थाहा हुँदैन । शारीरिक भार पर्ने काम गर्दा, दौडदा, छिटो छिटो हिँड्दा भने मुटुको…
पुरा पढ्नुहोस
Total
2
Share