सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिनियाँ प्रधानमन्त्रीले शेरबहादुर देउवालाई भने : हामी एउटै डुंङ्गाका यात्री

चीनका प्रधानमन्त्री लि खछयाङले नेपाल र चीनबीच एउटै डुंङगाका यात्री झै नजिकको सम्बन्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार टेलिफोन मार्फत बधाइ दिने क्रममा चिनियाँ प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हाका अनुसार खछ्याङले चीन विभिन्न क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

चिनियाँ प्रधानमन्त्रीले भने,‘नेपाल र चीन हिमाल र नदीको जोडिएका मैत्रीपूर्ण मुलुकहरु हुन् र उनीहरु एकै डुंङगाका यात्रु झै नजिक उभिएका छन् ।’ चिनियाँ प्रधानमन्त्रीले कोरोना खोपविरुद्धको चुनौती सामना गर्न, बिआरआई अन्तर्गत उच्च गुणस्तरको सहकार्य गर्न, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग बढाउन नेपालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । त्यसैगरी दुई देशको बीचमा रहेको रणनीतिक साझेदारीलाई सुदृढ बनाउने सम्बन्धमा पनि कुराकानी भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चिनियाँ प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताबारे एक ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आफूलाई बधाइ दिएकोमा धन्यवाद भनेका छन् । देउवाले चीनसँग द्धिपक्षीय सम्बन्ध सुदृढ गर्न मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

Dirghayu Ads

देउवा प्रधानमन्त्री भएको दुई हप्तापछि चिनियाँ प्रधानमन्त्रीले बधाइ दिएका हुन् । यस अगाडी काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले देउवासँग भेट गरी बधाइ दिएकी थिइन् । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.