सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाऔँ, बजेटको कमी हुँदैन : मन्त्री जनार्दन शर्मा

अर्थ मन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आउँदो असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ ।

बुधवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा छलफल गर्ने क्रममा उहाँले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गर्नुभयो । खोप खरिदका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ, अहोरात्र वार्ता गरी खोप भित्र्याउन भन्नुभयो ।

Sana Kishan

असोजभित्र खोप दिन सकिएन भने देशको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उहाँले खोप खरिदका लागि बजेटको कमी हुन नदिने बताउनुभयो । देशको अर्थतन्त्र नागरिकको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

World Link Ads
Mahakali Polytechnic

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिनुभयो । उहाँले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै ढिलाइ नहुने बताउनुभयो । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रूपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाउनुभयो । (उज्यालो अनलाइन बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.